Homeसमाचारनेपाली कांग्रेस लेटाङको फेरि सभापति बने दीपक चन्द्र

नेपाली कांग्रेस लेटाङको फेरि सभापति बने दीपक चन्द्र

नेपाली कांग्रेस लेटाङ नगर समितिको १५औँ नगर अधिवेशनबाट दीपक चन्द्र राई पुनः नगर सभापतिमा सर्वसम्मत चयन भएका छन् । सभापतिसहित नगर समितिको सम्पूर्ण नेतृत्व सर्वसम्मत चयन भएको हो।
नगर सभापतिका लागि यसअघि प्रशान्त निरौला, सुदेश वोस्ती, हिकमत खड्का,रबिन राई, कुबेर पौडेल र दीपक चन्द्र राई गरी ६ जना आकांक्षी देखिएका थिए। आकांक्षीहरूबीच सहमति जुटाउन नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति शंकर राई, महासमिति सदस्य देवराज चाम्लिङ र महाधिवेशन प्रतिनिधि इन्द्र माबोहाङले पहल तथा समन्वय गर्नुभएको थियो। सोही पहलपछि सबै पक्षबीच सहमति कायम गर्दै दीपक चन्द्र राईलाई पुनः सभापतिमा सर्वसम्मत चयन गरिएको हो।
यसअघि सम्पन्न खुला सत्रमा नेपाली कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू प्रमुख अतिथि तथा क्षेत्रीय सभापति शंकर राई विशिष्ट अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा नेपाल महिला संघकी अध्यक्ष इन्दु चौधरी, महासमिति सदस्य, क्षेत्रीय प्रतिनिधि तथा लेटाङका नौवटै वडाबाट निर्वाचित प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अधिवेशनका क्रममा पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन सहमति, संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो। विभिन्न आकांक्षीबीचको छलफल र समन्वयबाट सभापतिसहित सम्पूर्ण नेतृत्व सर्वसम्मत चयन भएपछि अधिवेशनले पार्टीभित्र एकता र सहकार्यको सन्देश दिएको नेताहरूले बताएका छन्।
सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएसँगै नेपाली कांग्रेस लेटाङले आगामी दिनमा संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउँदै पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments