Homeसमाचारगायिका मनिता कुँवरको घर जलेर खरानी,सहयोगको अपिल

गायिका मनिता कुँवरको घर जलेर खरानी,सहयोगको अपिल

केराबारी गाउँपालिका–५ सतीशालेस्थित विशालचोकमा रहेको गायिका मनिता कुँवरको घरमा ग्यासको सिलिन्डर विस्फोटका कारण भएको आगलागीबाट दुइजना घाइते भएका छन् भने घर जलेर खरानीमा परिणत भएको छ।
पहिलो केराबारी आइडलकी उपबिजेता हाल कोशी आइडलको प्रतिस्पर्धामा रहेकी निकैवटा गीत गाइसकेकी मनिताको घरमा भएको आगलागीबाट घरभित्र रहेका अधिकांश सामान जलेर नष्ट भएका छन् । आगलागीबाट आफूले लगाएका कपडाबाहेक कागजातसहित घरभित्रको कुनै पनि सामान जोगाउन नसकिएको मनिताका बाबू शरण कुँवरले जानकारी दिए। गायिका कुँवर लोक दोहोरी प्रतिष्ठानकी साधारण सदस्य समेत हुन् ।
आगलागीमा परेर मनिताका मनोज र दिदी मनिसा कुँवर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।
आगलागीबाट कुखुरा, बाख्रा लगायतका चौपाया तथा पशुपन्छीहरू मरेका छन्। परिवारमा ठूलो आर्थिक संकटमा पारेकोले आर्थिक तथा अन्य सहयोगका लागि परिवारजनले अपिल गरेका छन् ।
सुन्दरहरैँचा र धरानबाट आएका दमकलले आगो नियन्त्रणमा लिए पनि हालसालै खरिद गरिएको केराबारी गाउँ पालिकाको दमकल आउन सकेन । खरिदपछि आवश्यक प्राविधिक तथा व्यवस्थापन सम्बन्धी तयारी पूरा नभएकाले तत्काल नया दमकल प्रयोगमा आउन नसकेको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ। आगलागीबाट भएको क्षतिको यकिन बिबरण आउन बाँकी छ।
फेसबुक मार्फत गायिका मनिता कुँवरले गरेको अपिल
विक्रम संवत् २०८३ साल असोज १६ गते हाम्रो परिवारमाथि कहिल्यै नबिर्सने ठूलो विपत्ति आइपर्‍यो। हाम्रो घरमा भीषण आगलागी भयो। आगलागी यति ठूलो थियो कि आगलागीमा हाम्रो घरमा रहेका लत्ताकपडा, भाँडा–कुँडा, खाद्यान्न, फर्निचर तथा घरायसी आवश्यक सामग्रीहरू पूर्ण रूपमा जलेर नष्ट भए। त्यस्तै, घरमा रहेको नगद पैसा, सुनचाँदी तथा बहुमूल्य सामग्रीहरू, मोबाइल, टेलिभिजन लगायतका विद्युतीय तथा महत्वपूर्ण उपकरणहरू, साथै हाम्रा महत्त्वपूर्ण कागजात तथा आवश्यक प्रमाणपत्रहरू समेत आगलागीमा जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
वर्षौँको मेहनत र दैनिक जीवनयापनका आधारहरू एकैछिनमा गुमाउँदा हाम्रो परिवार अहिले अत्यन्तै कठिन परिस्थितिमा पुगेको छ।
त्यसै क्रममा मेरा दाजु र दिदीलाई समेत आगोले भेटेर चोटपटक लागेको छ । उहाँहरूलाई उपचारका लागिअस्पतालमा राखिएको छ । हाम्रो घर, सम्पत्ति, पशुपन्छी, महत्त्वपूर्ण कागजात तथा उपचारसमेतको क्षतिले अहिले हामीलाई आर्थिक सहयोगसँगै खाद्यान्न, लत्ताकपडा, भाँडा–कुँडा, घरायसी आवश्यक सामग्री तथा दैनिक जीवनयापनका अत्यावश्यक सामग्रीहरूको धेरै नै आवश्यकता परेको छ। त्यसैले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आफन्तजन, साथीभाइ, छरछिमेकी, शुभेच्छुक, दाजुभाइ, दिदीबहिनी तथा मनकारी महानुभावहरू समक्ष आफ्नो क्षमताअनुसार सक्दो सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
हजुरहरूले गर्नुभएको सानोभन्दा सानो सहयोगले पनि हाम्रो परिवारलाई यो कठिन परिस्थितिबाट पुनः उठ्न ठूलो राहत र हौसला मिल्नेछ। आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावहरूले एसएमएस पनि गर्न सक्नुहुनेछ । खाद्यान्न वा आवश्यक सामग्रीका रूपमा सहयोग गर्न चाहनुहुने महानुभावहरूले पनि हामीलाई प्रत्यक्ष रूपमा सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ।
मोबाइल नम्बर – 9807055165
9807346963 र 9827344101
🙏 यो विपत्तिको घडीमा तपाईंहरूको साथ, सहयोग र सद्भाव नै हाम्रो परिवारका लागि ठूलो सहारा हुनेछ।
🙏 हजुरहरूको सहयोगप्रति हामी हृदयदेखि नै आभारी रहनेछौँ।
धन्यवाद।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments