Homeसमाचारएक करोड खर्चेर भोलेश्वर दुलालले बनाए नमूना ज्येष्ठ नागरिक चौतारी

एक करोड खर्चेर भोलेश्वर दुलालले बनाए नमूना ज्येष्ठ नागरिक चौतारी

समाजसेवी भोलेश्वर दुलालले मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित गोविन्द मार्गमा मौलिक सांस्कृतिक तथा धार्मिक महत्व बोकेको ज्येष्ठ नागरिक चौतारी (फलौंचा) निर्माण गरिदिएका छन् ।
दुलालले १२ धुर निजी जग्गामा करिब १ करोड रुपैयाँको लागतमा चौतारी निर्माण गरिदिएका हुन् । काठमाडौंलगायत विभिन्न स्थानबाट कालीगढ तथा निर्माण सामग्री ल्याई इँटा र काठमा आकर्षक बुट्टा कुँदेर निर्माण गरिएको चौतारी पुरानो नेपाली मौलिक संस्कृति झल्काउने खालको छ।
दुर्गादेवी दुलाल एकल महिला प्रतिष्ठानमार्फत निर्माण गरिएको चौतारी इन्द्रपुर लायन्स क्लबले मर्मतसम्भार तथा संरक्षण गर्ने गरी समुदायलाई हस्तान्तरण गरिएको छ । दुलाल दम्पतीको परिकल्पनामा प्रमिला दुलाल लायन्स क्लबको अध्यक्ष रहेको समयमा यसको निर्माण अघि बढाइएको थियो।
गत वर्षको जेनजी आन्दोलनका क्रममा गरिएको आगजनीबाट दुलालले सञ्चालन गरेको नेपालीरिका होटल जलेर खरानी भए पनि समाजसेवामा निरन्तर सक्रिय दुलालले जग्गासहित करिब १ करोड रुपैयाँ मूल्य बराबरको संरचना निर्माण गरी समुदायलाई हस्तान्तरण गर्नुभएको हो।
चौतारी परिसरमा शौचालय, खानेपानीको धारा र किचनसमेत निर्माण गरिएको छ। चौतारीमा दुलालको आफ्नै उद्योग पीएलओ ल्युब आयल प्रालिमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्सले हरेक मंगलबार निःशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको दुलालले बताए ।
हस्तान्तरण कार्यक्रममा सुन्दरहरैँचा नगरप्रमुख केदारप्रसाद गुरागाईं पनि उपस्थित थिए ।
हस्तान्तरण कार्यक्रममा वडा नं. ९ का अध्यक्ष प्रकाश श्रेष्ठ, कार्यपालिका सदस्य रूजा घिमिरे, इन्द्रपुर लायन्स क्लबका अध्यक्ष योजना शर्मा, इन्द्रपुर जेसीजका अध्यक्ष समीर बस्नेत तथा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीलगायतको पनि उपस्थिति थियो।
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments