Homeसमाचारकोशी प्रदेश सरकारले २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउने

कोशी प्रदेश सरकारले २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउने

कोशी प्रदेश सरकारले २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउने तयारी गरेको छ । असोज २,३ र ४ गते संबिधान दिवस भब्यताका साथ मनाइने भएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा ५०१ सदस्यीय संबिधान दिवस, २०८३ मूलसमारोह समिति गठन भइसकेको छ । कोशी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री गोम्ब७३घढस शेर्पाका अनुसार १० हजारको सहभागिता रहने गरी कार्यक्रमको तयारी गरिएको छ ।
संबिधान दिवसका दिन असोज ३ गते बिराटनगर स्थित शहीद रंगशालामा म७त्रगयतसल समारोह हुने छ । असोज ३ गते बिहान साढे ६ बजे आदर्श माबि बिराटनगर अगाडी भेला भएर बिभिन्न जातजाती,समुदाय तथा भेषभुषाको झाँकीहरु सहित प्रभातफेरी कार्यक्रम गरिने छ । शहीद रंगशालामा प्रदेश प्रमूख पर्शुराम खापुङको प्रमूख आतिथ्यतामा मूख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा मूल समारोह हुने छ । मूल समारोहमा खेलकौशल, प्रसिद्ध कलाकारहरुद्वरा राष्ट्रिय गीत प्रस्तुती र पुरस्कार बितरण लगायत कार्यक्रम गरिने छ ।
असोज २ गते खेलकुद बोर्डको आयोजनामा म्याराथुन दौड र ब्याडमिन्टन प्रतियोगिता हुने छ । सामाजिक बिकास मन्त्रालयले जिल्लाबाट छनौट भएर आएका प्रतियोगीहरुको नेपालको संबिधान र संघीयता कार्यावन्यन बिषयमा बक्तृत्वकला प्रतियोगिता गर्ने छ । यस्तै जलबायु परिवर्तन र बिपद ब्यबस्थापनमा प्रदेश सरकारको भूमिका बिषयमा खुल्ला निबन्ध प्रतियोगिता गरिने छ । संबिधानदिवसका अवसरमा अन्तरसंबाद तथा भिडियो प्रतियोगिता समेत आयोजना ह७३घढसने कार्यक्रम छ । यस्तै असोज ४ गते स्वास्थ्य मन्त्रालयको अगुवाईमा रक्तदान कार्यक्रम तथा पर्यटन वन तथा वातावरण मन्त्रालयको अगुवाईमा बृक्षारोपण कार्यक्रम गरिने भएको छ ।
कार्यक्रमको समग्र समन्वय तथा अनुगमन आन्तरिक मामिला तथा कानून मन्त्रालयले गरिरहेको छ ।
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments